आँधी तुफान-२ को छायांकन सुरु काठमाडौं। मदन घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्र आँधी तुफान-२ को छायांकन सुरु भएको छ। निर्माता मौनता श्रेष्ठले १६ वर्ष अगाडि बनाएको चलचित्र आँधी तुफानको सिक्‍वेलको रुपमा बनाउन लागेका हुन्।चलचित्रमा सञ्‍जय खतिवडा, आरती आचार्य, पुनम गौतम, आरती आचार्यलगायतका कलाकारको मूख्य भूमिका छ। नारीप्रधान सस्पेन्स थ्रिलर र सस्पेन्स कथानाक चलचित्रमा तीन हिरोइनले एक हत्याको अनुसन्धान गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्