तीन बच्चा जन्माउनेलाई जेल हाल्नुपर्छ भन्ने कंगनालाई ट्रोलर्सको जवाफ– तिमी पनि तीन भाइबहिनी छौ
काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौतले तीन वटा बच्चा जन्माउनेलाई जेलसजाय वा जरिवाना गर्नुपर्ने बताएकी छन्। भारतमा बढ्दै गइरहेको जनङ्सख्याप्रति आपत्ति जनाउँदै उनले तीन बच्चा जन्माए जरिवाना वा जेल सजाय गर्ने कानून बनाउनुपर्ने बताइन्। सामाजिक सञ्जालमार्फत् दिएको सो अभिव्यक्तिपछि उनी ट्रोलको शिकार बनिन्। एकजनाले भने– तिमी आफैं तीन भाइ-बहिनी छौ, यो कुरा नबिर्सनू।
प्रतिक्रिया दिनुहोस्
