आजदेखि सिनेमा हल पुनः बन्द काठमाडौं। आजदेखि नेपालका सिनेमा हल पुनः बन्द भएका छन्। सरकारको निर्देशनपछि सिनेमा हल बन्द गरिएका हुन्। सिनेमा हल बन्द भएसँगै चैत २७ गतेबाट प्रदर्शनमा आएको ‘श्री’ चलचित्रको प्रदर्शन स्थगित भएको छ। अब स्थिति सहज भएपछि पुनः प्रदर्शनमा आउने वितरक करण श्रेष्ठले बताए। गत वर्षको चैतबाट बन्द भएका सिनेमा हल पुष १० गतेबाट सञ्चालनमा आएका थिए।
प्रतिक्रिया दिनुहोस्