केकी अधिकारीलाई कोरोना सङ्क्रमण, चलचित्रको छायांकन रोकियो
काठमाडौं। अभिनेत्री केकी अधिकारी कोरोना सङ्क्रमित भएकी छिन्। दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र घिन्ताङको छायांकनका क्रममा उनले पीसीआर परीक्षण गरेकी थिइन्। उनको रिपोर्ट पोजिटिभ आएपछि चलचित्रको छायांकन रोकिएको छ। उनी अहिले होम क्वारेन्टिनमै बसेकी छिन्। उनी कोरोनामुक्त भएपछि मात्रै छायांकन पुनः शुरु गरिनेछ।
प्रतिक्रिया दिनुहोस्
