अदितिको हातमा ‘कृ’ पछि दोस्रो चलचित्र, आमाको लगानी
काठमाडौं। ‘कृ’ चलचित्रबाट डेब्यू गरेकी अदिति बुढाथोकीको हातमा दोस्रो चलचित्र परेको छ। उनकै आमा पुष्पा बुढाथोकीको लगानी रहेको चलचित्र ‘बाबरी’मा उनी अभिनेत्रीको भूमिकामा हुनेछिन्। चलचित्रको छायांकन शुरु भएको छ। उनको जोडीको रूपमा नायक धिरज मगर रहेका छन्। त्रिकोणात्मक प्रेमकथामा बन्ने यो फिल्ममा सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन्। होम प्रोडक्सन कम्पनी बाबरी फिल्मस्को ब्यानरको चलचित्रमा अदिति अभिनेत्रीसँगै निर्मात्रीको जिम्मेवारी पनि छ।
प्रतिक्रिया दिनुहोस्
