दोस्ताना–२ मा कार्तिक आर्यनको ठाउँ ओगट्ने होडबाजी काठमाडौं। बलिउड चलचित्र ‘दोस्ताना–२’ मा नयाँ अभिनेताको खोजी सुरु भएको छ। कार्तिक आर्यनले छोडेपछि उनको भूमिकाका लागि अर्को अभिनेता खोज्न थालिएको हो। थुप्रै अभिनेताहरूले समेत रुची देखाएका छन्। करण जोहरको धर्मा प्रोडक्सनमार्फत बन्न लागेको यो चलचित्रका लागि राजकुमार राव, विकी कौशल लगायतले चासो देखाएका छन्। निर्माण टिमले भने टाइगर श्राफ, वरुण धवन तथा सिद्धार्थ मल्होत्रामध्ये एकलाई ल्याउने तयारीमा छ।
प्रतिक्रिया दिनुहोस्