राजेशको स्वरमा ‘उषाको किरण’
काठमाडौं। गायक राजेश राज जोशीको स्वर र संगीतमा रहेको ‘उषा को किरण’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीतमा युवती प्रति प्रेम भाव व्यक्त गरिएको छ। जगदीश आचार्य र गायक जोशीले यस गीतलाई मिलेर लेखेका हुन्। गोपाल रसाइलीको गीतमा संगीत संयोजन रहेको छ। अस्ट्रेलियामा छायांकन गरिएको यस म्युजिक भिडियोमा चन्दन घिमिरे र प्रतिभा महर्जनलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्
