किरणको ‘किन मायामा’मा प्रभात र जाइना काठमाडौं। रियालिटी शो ‘द भोइस अफ नेपाल’मार्फत धेरैको मन जित्न सफल गायक किरण गजमेरले आफ्नो नयाँ म्युजिक भिडियो ‘किन मायामा’ ल्याएका छन्। गीतमा गोपाल लोहारको शब्द छ भने वसन्त सापकोटाको संगीत दिएका छन्। यस गीतलाई बिशम आचार्यले संगीत संयोजन गरेका हुन्। त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियोमा जाइना कुँवर, प्रभात पल ठकुरी, सुष्मिता चौधरी र दिलीप केसीको अभिनय रहेको छ।
प्रतिक्रिया दिनुहोस्