पहिलोपटक मिस तामाङ वर्ल्ड हुँदै
काठमाडौं। पहिलोपटक मिस तामाङ वर्ल्ड आयोजना हुने भएको छ। यसअघि मिस तामाङ आयोजना गर्दै आएकोमा अबदेखि विश्वभर रहेका तामाङ समुदायको प्रतिनिधित्व गर्दै मिस तामाङ वर्ल्ड आयोजना हुन लागेको हो।
मिस तामाङ वर्ल्ड फाउण्डेशनले सन् २०२१ का लागि आवेदन आह्वान गरेको छ। वैशाख १५ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ।
प्रतियोगिताका लागि १६ वर्षदेखि २८ वर्षसम्मका तामाङ जातीका अविवाहित युवती हुनुपर्नेछ।
प्रतिक्रिया दिनुहोस्
