दोस्ताना-२ फिल्म विवाद : फिल्म छोडेपछि करनले गरे कार्तिकलाई ‘अनफलो’ काठमाडौं। कार्तिक आर्यनले ‘दोस्ताना-२’ छाडेपछि निर्माता करण जोहराले उनलाई सामाजिक सञ्जालबाट अनफलो गरेका छन्। चलचित्रको कथा मन नपरेको र छायांकनका लागि समय दिन नसकिने बताउँदै उनी चलचित्रबाट बाहिरिएका थिए। त्यसपछि करणले उनलाई धर्मा प्रोडक्सनबाट निर्माण हुने चलचित्रको बाटो बन्द गरिदिए। यति मात्र नभएर करणले कार्तिकलाई इन्स्टाग्रामबाट ‘अनफलो’समेत गरेका हुन्। कार्तिकले भने करणलाई ‘फलो’ गरेका छन्।
प्रतिक्रिया दिनुहोस्