कार्तिक आर्यनले छाडे दोस्ताना-२, करण जोहरसँगको सम्बध बिग्रियो काठमाडौं। बलिउड अभिनेता कार्तिक आर्यनले धर्मा प्रोडक्सशनको निर्माणाधीन चलचित्र ‘दोस्ताना-२’बाट हात झिकेका छन्। सन् २०१९ मा नै चलचित्रको घोषणा गरिएको थियो। उनले २० दिन छायांकनसमेत गरिसकेका थिए। समय अभाव तथा चलचित्रको कथा मन नपरेका कारण उनले चलचित्रबाट अहिले हात झिकेका हुन्। यससँगै उनको करण जोहरसँगको सम्बन्ध बिग्रिएकोले उनका लागि धर्मा प्रोडक्सनको ढोका बन्द भएको छ।
प्रतिक्रिया दिनुहोस्