जेनिफर लोपेजले इङ्गेजमेन्ट तोडिन् काठमाडौं। चर्चित गायिका तथा हलिउड नायिका जेनिफर लोपेजले इङ्गेजमेन्ट तोडेकी छिन्। उनले बेसबल खेलाडी एलेक्स रोड्रिग्यूजसँग सन् २०१९ मा इङ्गेजमेन्ट गरेकी थिइन्। इङ्गेजमेन्टपछि विवाहको तयारी गरे पनि कोरोना महामारीका कारण विवाह रोकिएको थियो। उनीहरूबीच विवाद बढ्दै गएपछि दुवैजना अलग हुने निर्णयमा पुगेका हुन्। इङ्गेजमेन्ट टुटेपछि उनीहरू अबदेखि असल साथी भएर अगाडि बढ्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्