एउटा हलमा ५-१० जना भन्दा बढी दर्शक छैनन् काठमाडौं। कोरोना महामारीका बीच लामो समयपछि दर्शकका लागि खोलिएको फिल्महलका सञ्चालकहरू फेरि मारमा परेका छन्। सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर हलहरू खोल्ने निर्देशन दिए पनि हलमा लागेको फिल्म हेर्न जाने दर्शकको सङ्ख्या एकदमै कम भएको हल सञ्चालकहरू बताउँछन्। काठमाडौंको एक फिल्म हलका सञ्चालकले फिल्म हेर्न एउटा शोमा ५-१० जनाभन्दा बढी दर्शक नहुने गरेको जनाए।
प्रतिक्रिया दिनुहोस्