शाहरुखको 'पठान'मा सलमानको १० मिनेटको केमियो, तर लिएनन् पारिश्रमिक
काठमाडौं। शाहरुख खानको चलचित्र ‘पठान’मा सलमान खानको केमियो भूमिका छ। चलचित्रमा उनको १० मिनेटको केमियो भूमिका देखिनेछ। त्यसका लागि उनले यशराज स्टूडियोमा छायांकन गरेका थिए तर सलमानले पारिश्रमिक नलिने बताए। शाहरुखका लागि आफू जे पनि गर्न तयार रहेको भन्दै उनले पारिश्रमिक लिन मानेनन्। अहिले कोरोना महामारीबीच चलचित्रको छायांकन रोकिएको छ। पारिश्रमिक नलिने भएपछि निर्माता आदित्य चोपडाले उनलाई महँगो गिफ्ट दिनेछन्।
प्रतिक्रिया दिनुहोस्
