युनाइटेड युरोपा लिगको अन्तिम चारमा
काठमाडौं। इडिसन काभानीको एक गोल र ग्रानाडाका जिसस भालेजोको उपहार गोलमा म्यानचेस्टर युनाइटेडले ग्रानाडालाई २–० तथा समग्रमा ४–० ले हराउँदै युरोपा लिगको अन्तिम चारमा स्थान बनाएको छ।
ओल्ड ट्राफोर्डमा काभानीले छैटौं मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए।
अन्तिम मिनेटमा ग्रनाडाका भालेजोले आत्मघाती गोल गरेपछि युनाइटेडको जित पक्का भएको हो। युनाइटेडले अब फाइनल प्रवेशका लागि एएस रोमाविरुद्ध खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्
