आईपीएल : बैंगलोरका कप्तान कोहलीलाई कारवाही
काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई कारबाही गरिएको छ। चेन्नईको एमए चिदम्बरम रंगशालमा सनराइजर्स हैदरावादविरुद्धको खेलमा खेल भावनाविपरीत काम गरेकाले कोहलीलाई कारवाही गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल)ले जनाएको छ। कप्तान कोहलीलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ। कोहली आउट भएपछि पेभिलियन फर्किने क्रममा आफ्नो ब्याट कुर्सीमा जोरले बजारेका थिए। उक्त खेलमा बैंगलोर ६ रनले विजयी भएको थियो।
प्रतिक्रिया दिनुहोस्
