र्‍याप ‘अक्कड बक्कड बम्बे बो’ सार्वजनिक काठमाडौं। मेलबर्न बस्ने कपिल तथा सागरको लेखन र प्रस्तुतिमा ‘अक्कड बक्कड बम्बे बो’ बोलको नयाँ र्‍याप गीत सार्वजनिक भएको छ। मेक मनी रेकडर्सले यस गीत तयार गरेको हो। मुख्य निर्माता मिस्ट चाम्ब्लिङले मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियो वकाव भिजुयल्स र बाबा फिल्मस् प्रोडक्सनले गरेको हो । ऋषि सुफीले भिडियोको निर्देशन तथा कोरियोग्राफी गरेका छन्। त्यसैगरी रपिल महर्जन, रमेश चौधरी, अनिश गौतम, साकार शाही र सञ्जय बाबाले भिडियो छायाँकन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्