निफमा तीन वटा नेपाली फिल्मले प्रतिस्पर्धा गर्ने काठमाडौं। चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१ मा तीन वटा नेपाली चलचित्रले प्रतिस्पर्धा गर्ने भएका छन्। वैशाख २३ देखि हुने महोत्सवमा नेपालबाट ‘लाटो कोसेरो,’ ‘सरिता ११ वर्ष’ र ‘आमा खाण्डो’ चलचित्रले प्रतिस्पर्धा गर्ने अध्यक्ष केपी पाठकले बताए। महोत्सवका लागि विभिन्न ५२ देशबाट ४ सय ५० चलचित्रले आवेदन दिएका थिए। तीमध्ये ३१ देशका ६३ चलचित्र छनोटमा परे। अब ६६ चलचित्रले प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्