बैंगलोरको लगातार दोस्रो जित, हैदराबाद ६ रनले पराजित काठमाडाैं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादलाई ६ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रो जित निकालेको छ। पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४९ रन बनायो। एक सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ४३ रनमात्र बनाउन सक्यो। हैदराबादको जितमा ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए। त्यस्तै कप्तान विराट कोहलीले ३३ रन बनाएका थिए। बैंगलोरका शाहबाज अहमेदले ३ तथा मोहमद सिराजले २ विकेट लिए।
प्रतिक्रिया दिनुहोस्