म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्सन लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २–१ ले हराएको सिटी समग्रमा ४–२ को नतिजासहित अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा पनि सिटी २–१ ले विजयी भएको थियो । फाइनल प्रवेशका लागि सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्