रियाल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, लिभरपुल बाहिरियो काठमाडौं । इंग्लिस क्लब लिभरपुललाई हराउँदै स्पेनिस क्लब रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगको खेलमा गएराति गोलरहित बराबरी भएपछि रियालले समग्रमा ३–१ ले को जित निकाल्यो । रियाल घरेलु मैदानमा ३–१ ले विजयी भएको थियो । रियाल मड्रिडले अब फाइनल प्रवेशका लागि अर्को इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्