आमा बन्दै गरिमा, भन्छिन्– ‘सृष्टिबाट सृष्टिकर्ता’ काठमाडौं। नायिका गरिमा पन्त आमा बन्न लागेकी छिन्। सामाजिक सञ्जालमार्फत् उनले आफु आमा बन्न लागेको जानकारी दिएकी हुन्। बेल्जियममा रहेका हरि थपलियासँग बिहे गरेकी थिइन्। उनले बेबी बम्पसहितको तस्बिर पोस्ट गर्दै लेखेकी छिन्– सृष्टिबाट सृष्टिकर्ता जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश। नायिका प्रियंका कार्की, ऋचा शर्मा पनि यसै वर्ष आमा बन्न लागेका छन्।
प्रतिक्रिया दिनुहोस्