भारतको महाराष्ट्रमा टिभी शो र फिल्मको छायांकन बन्द
काठमाडौं। भारतको महाराष्ट्रमा आजदेखि टिभी शो र चलचित्रको छायांकन बन्द गरिएको छ। आजदेखि मे १ सम्म लकडाउन जारी गरिएको छ। त्यसबीचमा छायांकनको कामसमेत बन्द गरिएको महाराष्ट्र सरकारले जनाएको छ। छायांकन रोकिएसँगै थुप्रै टिभी शो प्रभावित भएका छन्। मुम्बईमा कोरोना महामारीको दोस्रो लहर भयानक बन्दै गएको छ। दैनिक सातदेखि १० हजारको हाराहारीमा नयाँ सङ्क्रमित थपिएका छन्।
प्रतिक्रिया दिनुहोस्
