कार्तिक आर्यनको धमाका को राइट्स १३५ करोडमा बिक्यो
काठमाडौं। कार्तिक आर्यनको महत्त्वाकांक्षी चलचित्र ‘धमाका’को राइट्स १३५ करोडमा बिक्री भएको छ। ओटीटी प्लेटफर्म नेटफिलिक्समार्फत् रिलिज हुने यो चलचित्रको डिजिटल अधिकार महँगोमा बिक्री भएको हो। यसअघि अक्षय कुमारको ‘लक्ष्मी’ ११० करोडमा बिक्री भएको थियो। पछिल्लो समय चर्चामा रहेका कार्तिककै कारण फिल्मको डिजिटल अधिकार महँगोमा बिक्री भएको हो। कार्तिकसँग भूल भुलैया-२ र दोस्ताना-२ लगायतका नयाँ प्रोजेक्ट छन्।
प्रतिक्रिया दिनुहोस्
