च्याम्पियन्स लिग फुटबल : आज रियल र लिभरपुल भिड्दै काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम ८ को दोस्रो लेगमा आज रियल मड्रिडले लिभरपुलविरुद्ध खेल्दै छ। लिभरपुलको मैदानमा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ। रियलले पहिलो लेगमा लिभरपुललाई ३-१ ले पराजित गरेको थियो। च्याम्पियन्स लिगको अर्को खेलमा आज राति म्यानचेस्टर सिटी र बोरुसिया डर्टमण्डबीच छ। पहिलो लेगमा सिटी २-१ ले विजयी भएको थियो।
प्रतिक्रिया दिनुहोस्