अभिनेत्री पारुल ६ महिनापछि दोस्रोपटक कोरोना पोजिटिभ काठमाडौं। हिन्दी टेलिभिजन सिरियल ‘अनुपमा’मा डा. मोनाको भूमिका निर्वाह गर्दै आएकी अभिनेत्री पारुल चौधरी दोस्रोपटक कोरोना संक्रमित भएकी छिन्। यसअघि ६ महिना पहिला उनी कोरोना पोजिटिभ भएकी थिइन्। आफू दोस्रोपटक कोरोना पोजिटिभ भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएकी छिन्। कोरोना पोजिटिभ भएपछि चिकित्सकको सल्लाहअनुसार उनी होम क्वारेन्टिनमा बसेकी छिन्। अहिले उनीसँगै आमा, बुबा र बहिनी पनि कोरोना पोजिटिभ भएका छन्।
प्रतिक्रिया दिनुहोस्