त्रिदेशीय क्रिकेट कप: विश्वका १४१ देशबाट प्रत्यक्ष हेर्न सकिने काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को पहलमा आयोजना हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज विश्वका १४१ देशबाट प्रत्यक्ष हेर्न सकिने भएको छ। क्यानले सिरिजको सम्पूर्ण खेलहरु विभिन्न टेलिभिजन र च्यानलको माध्यमबाट विश्वको १ सय ४१ देशबाट प्रत्यक्ष हेर्न सकिने बताएको हो। शृङ्खलाको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजन र ओआरएसले गर्नेछन्। त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस्