जाडाेन सान्चोले सिटीविरुद्धको खेल गुमाउने
काठमाडौं। बोरुसिया डर्टमण्डका विंगर जाडोन सान्चोले च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेल गुमाउने क्लबले पुष्टि गरेको छ।
डर्टमुण्डले च्याम्पियन्स लिग अन्तर्गत अन्तिम ८ को दोस्रो लेगमा बुधबार राति सिटीसँग खेल्दैछ।
इंग्ल्यान्डका २१ वर्षीय विंगर सान्चो थाइ इन्जुरीको कारण टिम बाहिर रहँदै आएका छन्। सान्चो प्रशिक्षणमा फर्किएपनि सिटीविरुद्ध मैदानमा नउत्रने क्लबले जनाएको हो।
अन्तिम ८ को पहिलो लेगमा सिटी २-१ ले विजयी भएको थियो।
प्रतिक्रिया दिनुहोस्
