आमा बन्दै नायिका ऋचा शर्मा
काठमाडौं। अभिनेत्री ऋचा शर्मा गर्भवती भएकी छन्। आज सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी उनले दिएकी हुन्।
उनले लेखेकी छन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभाष भइरहेको छ।’
उनले यो कुरा बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको बताएकी छन्।
प्रतिक्रिया दिनुहोस्
