‘एघारौं इन्फिल्ड पोकर रन’ सम्पन्न काठमाडौं। नेपाल पर्यटन बोर्डको सहकार्यमा ट्रेकिङ कम्पनी ‘स्याक्रड समिट्स’ ले ‘एघारौं इन्फिल्ड पोकर रन’ कार्यक्रम आयोजना गरेको छ। सन् २००९ देखि सुरु भएको कार्यक्रम अघिल्लो वर्ष भने कोरोना महामारीका कारण सञ्चालन हुन सकेको थिएन। यद्यपि, काठमाडौंदेखि पोखरासम्म आयोजना हुने यो कार्यक्रम यस वर्ष भने सम्पन्न भएको हो। कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्