बेन स्टोक आईपीएलबाट बाहिर
काठमाडौं। राजस्थान रोयल्सका अलराउण्डर बेन स्टोक्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेल गुमाउने भएका छन्।
इंग्ल्यान्डका अलराउण्डर स्टोक्सले चोटका कारण आईपीएलको जारी सिजन गुमाउने राजस्थानले रोयल्सले पुष्टि गरेको छ।
इङ्ल्यानडका २९ वर्षीय स्टोक्सले पन्जाब किङ्सविरुद्ध भएको पहिलो खेलमा चोट बोकेका हुन्।
उनको देब्रे हातको औलामा गम्भीर चोट लागेको क्लबले उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस्
