आईपीएल क्रिकेट: मुम्बईको पहिलो जीत काठमाडौं। साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (आईपीएल) मा पहिलो जित निकालेको छ। चेन्नईमा सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो। पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा १ सय ५२ बनायो। १ सय ५३ रनको लक्ष्य पछ्याएको मुम्बईले ७ विकेट गुमाएर १ सय ४२ रनमात्र बनाउन सक्यो। मुम्बईको जितमा सुर्यकुमार यादवले सर्वाधिक ५६ रन बनाए। त्यस्तै कप्तान रोहित शर्माले ४३ रन बनाए। मुम्बईका राहुल चाहरले ४ विकेट र ट्रेण्ड बोल्टले २ विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस्