चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश
काठमाडौं। इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
क्वाटरफाइनलको दोस्रो लेगमा पोर्टोसँग १-० ले पराजित भएपनि चेल्सी समग्रमा २-१ को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो।
मंगलबार सम्पन्न खेलमा पोर्टोका मेहदी तारेमीले निर्णायक गोल गरेका थिए।
पहिलो लेगमा चेल्सी पोर्टोविरुद्ध २-० ले विजयी भएको थियो।
प्रतिक्रिया दिनुहोस्
