साबिक बिजेता बार्यनलाई पराजित गर्दै पीएसजी सेमिफाइनलमा काठमाडौं। बार्यन म्युनिखलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबारराति सम्मपन्न अन्तिम ८ को दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग १-० ले पराजित भएपनि समग्रमा नतिजा ३-३ गोलको बराबरी भएपछि अवे गोलका आधारमा पीएसजी सेमिफाइनलमा पुगेको हो। खेलमा बार्यनका एरिक म्याक्सिम चौपो मोटीङले निर्णायक गोल गरेका थिए। पीएसजीले पहिलो लेगमा साविक विजेता बायर्नलाई ३-२ ले हराएको थियो।
प्रतिक्रिया दिनुहोस्