विष्णु र राजको डेब्यु म्युजिक भिडियो ‘जलेर खरानी’ <p>काठमाडौं। इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बूले &lsquo;जलेर खरानी&rsquo; बोलको &nbsp;म्युजिक भिडियो सार्वजनिक गरेका छन्।&nbsp;</p> <p>मार्मिक शब्द समेटिएको यस गीतमा प्रेमिका गुमाउनु पर्दाको पश्चताप र पीडा पोखिएको छ। &nbsp;</p> <p>यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लिम्बूको रहेको छ। &nbsp;यस गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।</p> <p>यसअघि गायक लिम्बूले &lsquo;बुझिदेउ&rsquo;, &lsquo;हाउ लुङ्ग्वा&rsquo;, &lsquo;मुस्कान&rsquo;, &lsquo;म पागल&rsquo; लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्