ग्लोबल एनआरएन सिंगिङ आइडलः डिजिटल अडिसनको समय थपियो, विजेतालाई ७ लाख <p>काठमाडौं। ग्लोबल एनआरएन सिंगिङ आइडल&ndash;२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ।</p> <p>ग्लोबल एनआरएन सिंगिङ आइडल&ndash;२०२१ आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीका अनुसार प्रतियोगिताको आयोजनाको तयारी र प्रतियोगीहरुको सुझावलाई दृष्टिगत गरी डिजिटल अडिसनको समय थपिएको हो ।</p> <p>ग्लोबल एनआरएन आइडलका विजेताले प्राप्त गर्ने पुरस्कार ७ लाख रुपैयाँ तय गरिएको रेग्मीले बताए</p>
प्रतिक्रिया दिनुहोस्