बिन्तीले ल्याए ‘यी आँखाका नानीमा’
<p>काठमाडौं। पुरानो झझल्को दिने किसिमले केही नयाँ प्रयोगसहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली बजारमा सार्वजनिक गरेका छन्। </p>
<p>‘यी आँखाका नानीमा’ बोलको यस गीतमा अर्जुन दुङ्मेन राईको शब्द रहेको छ। यस गीतलाई मनोज साङ्सोन राईले संगीतवद्ध गरेका हुन्। </p>
<p>श्यामस्वेत शैलीमा निर्माण गरिएको भिडियोमा स्वयम् गायक गुरुङ प्रस्तुत भएका छन्। यस गीतको भिडियोलाई सुनिल उप्रेतीको सम्पादन र निर्देशनमा तयार पारिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
