अस्मिता र किरणको ‘मन खाने माया’
<p>काठमाडौं। गायिका अस्मिता अधिकारी र किरण भुजेलको स्वरमा रहेको ‘मन खाने माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। </p>
<p>गीतमाम दिप गिरीको शब्द र शंकर थापा ‘स्माइल’ को संगीत रहेको छ। </p>
<p>भ्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। </p>
<p>रोनीले कोरियोग्राफी गरेको यस भिडियोलाई फराज अर्पणले सम्पादन र छायांकन गरेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
