सनी लियोनीले किनिन् १६ करोडमा अपार्टमेन्ट
<p style="text-align: justify;">काठमाडौं। बलिउड अभिनेत्री सनी लियोनीले मुम्बईमा अपार्टमेन्ट किनेकी छिन्। उनले अन्धेरी वेस्टमा १२ औं तलामा अपार्टमेन्ट किनेकी हुन्। </p>
<p style="text-align: justify;">उनले ज्यापकी डट कममार्फत् उक्त अपार्टमेन्ट किनेकी हुन्। उक्त अपार्टमेन्टको मूल्य १६ करोड भारु पर्छ। </p>
<p style="text-align: justify;">यसमा तीन कारको पार्किङ सुविधा छ। यसअघि जाह्नवी कपूरले पनि ३९ करोडमा अपार्टमेन्ट किनेकी थिइन्। त्यस्तै आलिया भट्टले ३२ करोडमा किनेकी थिइन्। </p>