आमाहरूमा समर्पित चलचित्र ‘आमा’
काठमाडौं। ९ फागुनमा रिलिज हुन लागेको चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक भएको छ। दिपेन्द्र के खनालको छायांकन, लेखन र निर्देशन रहेको चलचित्र ‘आमा’ मा मिथिला शर्मा शिर्ष भूमिकामा छिन्। शर्मिला पाण्डेले निर्माता रहेको यो चलचित्र आमाको जीवन भोगाइसँग सम्बन्धित छ।

मिथिलाको छोरीको भूमिकामा नायिका सुरक्षा पन्त छिन्। चलचित्रमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, पदम प्रसाद पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ।

दीर्घ खड्काको सम्पादन, सुवाष भुषालको संगीत रहेको यो चलचित्रलाई डीएस डीजीटलको ब्यानरमा निर्माण गरिएको हो। यो चलचित्रमा एकातिर विरामी मृत्युसँग लडिरहेको र अर्कोतिर अप्रेसनका लागि पैसाको जोहो गर्न नसक्दा आमामा भइरहेको पीडाबोधलाई दर्शाउन खोजिएको छ।

चलचित्रमा सन्तोष अधिकारी सहायक निर्देशकको भूमिकामा छन्। चलचित्र ‘आमा’ को ट्रेलरमा शिर्ष भूमिकामा काम गरेकी कलाकार मिथिला शर्माको निकै राम्रो अभिनय देख्न सकिन्छ। आफ्नो बाबु आमाका लागि छोरा मात्र नभएर छोरीले पनि अहम् भूमिका खेल्न सक्छन् भन्ने भाव चलचित्रको ट्रेलरले बोकेको छ।

‘आमा’ सँगै जोडिएको नेपाली चलचित्रको इतिहासलाई आमाले सम्झाउने प्रयास गरेको छ। पहिलो नेपाली  चलचित्रको इतिहास बनाएको ‘आमा’ जस्तै यो ‘आमा’ चलचित्रले पनि के कुनै महत्वपूर्ण इतिहास बनाउला त? त्यसका लागि भने चलचित्र रिलिज मिति (फागुन ९) पर्खनै पर्ला।

प्रतिक्रिया दिनुहोस्