अभिनेता सञ्जय खतिवडालाई एसियन अवार्ड <p>काठमाडौं। अभिनेता तथा लायन्स क्लब अफ काठमाडौं न्यु वेभ्सका अध्यक्ष सञ्जय खतिवडालाई एसियन अवार्डबाट सम्मान गरिएको छ। भारत सरकारले हरेक वर्ष प्रदान गर्दै आएको चार हजार तीन सय ६० डलर राशिसहितको उक्त अवार्ड यस पटक खतिवडाले पाएका हुन्।&nbsp;<br /> उनले समाजमा पु&yen;याएको योगदानको कदर गर्दै उक्त अवार्ड पाएका हुन्। उनीसँगै श्रीलंका, माल्दिभ्सलगायतका देशका विभिन्न व्यक्तिलाई पनि अवार्ड प्रदान गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्