गर्भवती भएको कारणले मात्र विवाह गरेको होइन : दिया मिर्जा <p>काठमाडौँ। बलिउड अभिनेत्री दिया मिर्जाले आफू विवाहअघि गर्भवती भएकै कारणले मात्र वैभव रेखीसँग विवाह नगरेको बताएकी छिन्। इन्स्टाग्राममा विवाहको फोटोमा कमेन्ट गर्दै उनले दुवैजना सँगै जीवन बाँच्न तयार भएकोले विवाह गरेको जनाएकी छिन्।</p> <p>&ldquo;हाम्रो विवाहको तयारीका क्रममा गर्भवती भएको थाहा पाएँ,&rdquo; उनले लेखेकी छिन्, &ldquo;सुरक्षित र स्वस्थ गर्भ रहेको थाहा नपाएसम्म मैले यो जानकारी दिइनँ।&rdquo; विवाह गर्भवती भएका कारण नभएको उनले स्पष्ट पारिन्।</p>
प्रतिक्रिया दिनुहोस्