चलचित्रकर्मीको राहतका लागि बनेको चलचित्र ‘श्री’
<p>काठमाडौं। एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्र ‘श्री’ चैत २७ गतेबाट प्रदर्शनमा आउँदै छ। यो चलचित्र सिनेमा हल र ओडीटी प्लेटफर्ममा प्रदर्शनमा आउन लागेको हो। </p>
<p>सन्दीप क्षेत्री, वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र लकडाउनको समयमा बनेको थियो। कोरोना महामारीका कारण समस्यामा परेका चलचित्रकर्मीको राहतका लागि बनेको निर्माता सबिता गुरुङले बताइन्। </p>
<p>देशभरका सिनेमा हलसँगै भिडियो पसल, सिनेमा घर ५५५, मःमः म्यूजिक एण्ड मुभिमा समेत प्रदर्शन हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्
