कोरोना दोस्रो लहरको प्रभावः सूर्यवंशीको प्रदर्शन स्थगित
<p>काठमाडौं। अक्षयकुमार स्टारर चलचित्र सूर्यवंशीको प्रदर्शन मिति रोकिएको छ। </p>
<p>भारतमा कोरोना महामारीको दोस्रो लहरका कारण अप्रिल ३० बाट प्रदर्शनमा आउन लागेको यो चलचित्र रोकिएको हो। </p>
<p>महाराष्ट्र सरकारले अप्रिल ३० सम्म सिनेमा घरसहित भीडभाड हुने सबै व्यावसाय बन्द गर्ने निर्णय गरेको छ। सो निर्णयपछि चलचित्रका निर्देशक रोहित सेठ्ठी चलचित्र स्थगित गर्न बाध्य भएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
