‘अनन्त’मा कर्मा र लक्ष्मीको जोडी <p>काठमाडौं। जेसन लोप्चनको निर्देशनमा बन्न लागेको चलचित्र अनन्तमा लक्ष्मी बर्देवा र अभिनेता कर्मा शाक्य अनुबन्धित भएका छन्।</p> <p>थिएटर पृष्ठभूमिबाट चलचित्र क्षेत्रमा आएका दुवैजना पहिलोपटक जोडीको रूपमा काम गर्न लागेका हुन्।</p> <p>चलचित्रको छायांकन शुरु भइसकेको छ। प्रेमकथामा आधारित बन्न लागेको यो चलचित्रको छायांकन २० दिनमा सक्ने लक्ष्य राखिएको छ। यो चलचित्रलाई उपत्यकामा जीजीए ग्रुपले वितरणको जिम्मेवारी लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्