प्रियंका र आयुष्मानको ‘सानो चमत्कार!’
<p>काठमाडौं। २० चैतमा अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखिन्, “अबदेखि नसोध्नुहोला। हामी गर्भवती छौं।”</p>
<p>श्रीमान् आयुष्मान देशराज जोशीसहितको तस्बिर सेयर गर्दै उनले आफु आमा बन्न लागेको जानकारी दिएकी थिइन्।</p>
<p>त्यसपछि उनी दिनहुँ सामाजिक सञ्जालमा गर्भावस्थाका तस्बिर सेयर गर्दै आएकी छिन्। आज उनले आयुष्मानसँगको तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, “हाम्रो सानो चमत्कार!” गत फागुन १६ गते दुवैले विवाह गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
