बलिउडमा कोरोना संकट <p>काठमाडौं। पछिल्लो समय एकपछि अर्को बलिउडकर्मी कोरोना संक्रमित हुन थालेका छन्।</p> <p>पहिलो लहरमा अमिताभ बच्चन कोरोना संक्रमित भएका थिए। अहिले देखिएको दोस्रो लहरमा अक्षय कुमार, आमिर खान, आलिया भट्ट, भूमि पेडनेकर, विक्की कौशल, कार्तिक आर्यनलगायतका बलिउडकर्मी संक्रमित भएका हुन्।</p> <p>चलचित्रको छायांकन जारी राखेका उनीहरू कोरोना संक्रमित भएपछि बाँकी काम रोकिएको छ। अबको केही समय बलिउड फेरि शिथिल बन्ने देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्