विवाहमा ७ किमी लामो घुम्टो, गिनिज बुकमा नाम <p>काठमाडौं। साइप्रसकी एक महिलाले विवाहमा सात किलोमिटर लामो घुम्टो ओढेकी छन्। उनको लामो घुम्टो मैदानको एक छेउबाट अर्को किनारासम्म बिछ्याइएको थियो। उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ।<br /> पश्चिामा संस्कृतिमा विवाहको अवसरमा महिलाले सेता रंगको घुम्टो ओढ्ने गर्छन्। साइप्रसकी मारिया परस्केवाले ओढेको घुम्टो संसारलाई चकित पार्ने खालको थियो। घुम्टोको लम्बाइ ६९६२.६ मिटर थियो।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्