अजय देवगनको जन्मदिनमा ‘आरआरआर’को फस्टलुक <p>काठमाडौं। एमएस राजामौलीको निर्देशनमा बन्न लागेको चलचित्र &lsquo;आरआरआर&rsquo;को फस्टलुक सार्वजनिक गरिएको छ। अजय देवगनको जन्मदिनको अवसर पारेर फस्टलुक सार्वजनिक गरिएको हो।</p> <p>फस्टलुकमा उनलाई निकै खतरनाक देखाइएको छ। अजयको यो पहिलो तेलुगु चलचित्र हो। फिल्ममा रामचरण, जुनियर एनटीआर, आलिया भट्ट र श्रीया सरनको मुख्य भूमिका छ।</p> <p>यो चलचित्र १९२० का क्रान्तिकारी अल्लुरी सितारामा राजु तथा कोमाराम भीमको जीवनीमा आधारित छ।</p>
प्रतिक्रिया दिनुहोस्