बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण <p>काठमाडौं। बलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छन् ।&nbsp;</p> <p>उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।&nbsp;</p> <p>उनले आफू संक्रमित भएपछि अहिले होम आइसोलेसनमा बसेको जनाएकी छन् ।&nbsp;</p> <p>उनले आफूले चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य सावधानी अपनाएको समेत बताइकी छन् । उनका प्रेमी रणवीर कपुर हालै कोरोनामुक्त भएका छन् ।</p>
प्रतिक्रिया दिनुहोस्